धनगढीको कैलाली गाउँमा युवती झुण्डिएको अवस्थामा मृत फेला

धनगढीको कैलाली गाउँमा युवती झुण्डिएको अवस्थामा मृत फेला

धनगढी ।  धनगढीको कैलाली गाउँमा युवती झुण्डिएको अवस्थामा मृत फेला परेकी छन् ।

उप–महानगरपालिकाको वडा नम्बर १३ कैलाली गाउँस्थित १६ वर्षीया युवती लक्ष्मी चौधरी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले युवती मृत अवस्थामा फेला परेको जानकारी दिए ।  युवती झुण्डिएको अवस्थामा फेला परेको भएपनि घटनाको अनुसन्धान भइरहेको प्रहरीले जाएको छ ।