नेपालले दोस्रो खेल बराबरी खेले पनि सिरिज बंगलादेशलाई

नेपालले दोस्रो खेल बराबरी खेले पनि सिरिज बंगलादेशलाई

नेपाली राष्ट्रिय फुटबल टोलीले बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेलमा गोलरहित बराबरी खेलेको छ । ढाकास्थित बंगबन्धु रंगशालामा भएको खेलमा नेपाल र बंगलादेश गोलरहित बराबरी भएको हो ।

दोस्रो खेलमा नेपालले बरारबरी खेलेपनि मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय मैत्रिपूर्ण फुटबल सिरिज को ट्रफी भने बंगलादेशले जितेको छ ।

सिरिजको पहिलो खेलमा शुक्रबार नेपाल घरेलु टोलीसँग २–० गोल अन्तरले पराजित भएको थियो । उक्त हार नै यो उपाधि गुमाउन नेपालका लागि ठूलो भयो ।

दोस्रो खेलमा ३–० गोल अन्तरले पराजित गर्न सकेको खण्डमा नेपाल उपाधि जित्ने पक्का थियो । तर, खेलाडीहरुले गोल गर्न नसक्दा पराइ भूमिमा हार बेहोर्न पुग्यो ।

अनुभवी खेलाडी भरत खवासलाई टिमको कप्तानी दिएपनि उनी खेलको १९ औं मिनेटमा नवयुग श्रेष्ठसँग सब्स्टीच्युट भए ।

खवास मैदानबाट बाहिरिएपछि कप्तानी गोलरक्षक किरण कुमार चेमजोङले गरिरहेका छन् ।

नेपालमाथि हावी भइरहेको बंगलादेशलाई रोक्ने नेपाली रक्षापङ्ती पहिलो हाफमा सफल भएको छ । सिरिजको ट्रफी जित्न नेपालले ३–० गोल अन्तरको जीत हात पार्नु पर्नेछ ।

नोबेल कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले फागुन अन्तिमदेखि नै खेलगतिविधिमा प्रतिवन्ध लगाएको थियो । त्यसयता पहिलो खेलका रुपमा बंगलादेशसँग खेलेको पहिलो खेल नै पहिलो हो ।

अब भने नेपाल सरकारले खेल गतिविधि सुचारुका लागि अनुमति दिइसकेको छ । त्यसैले छठ पछि फुटबलको पनि नियमित अभ्यास सुरु हुने अपेक्षा गरिएको छ ।

दोस्रो खेलमा मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले सुरुवाती ११ मा केही परिवर्तन गरेका थिए । जसमा रक्षापङ्तीमा पहिलो खेलमा सुरुवाती ११ मा परेका अजित भण्डारी र सुमन अर्यालको स्थानमा छिरिङ गुरुङ र रञ्जित धिमाल मैदान प्रवेश पाए ।

मिडफिल्डमा अनुभवी खेलाडी विक्रम लामाको स्थानमा पहिलो मैत्रिपूर्ण खेलमा डेब्यु पाएका एरिक बिष्ट सुरुवाती ११ मा परे ।

फरवार्डमा भरत खवास र दर्शन गुरुङले सम्हालेका थिए तर, खेलको १९ औं मिनेटमा भरतको स्थानमा नवयुग श्रेष्ठ मैदान छिरे ।

आजको खेलमा नेपालका युवा खेलाडी शेसेहाङ आङ्दाम्बे र पुजन नगरकोटीले राष्ट्रिय टोलीबाट डेब्यु गरेका छन् । उनीहरु दुवै खेलाडी सब्स्टीच्युटका रुपमा मैदान प्रवेश गरेका थिए ।