सन्दीपले हुरिकेन्सबाट बीबीएल खेल्न सक्ने

सन्दीपले हुरिकेन्सबाट बीबीएल खेल्न सक्ने

नेपाली क्रिकेटका स्टार सन्दीप लामिछानेले अष्ट्रेलियाको बिग बास लिग (बीबीएल) टी-ट्वान्टी क्रिकेट होबर्ट हुरिकेन्सबाट खेल्न सक्ने भएका छन् ।

सन्दीपले यस पटक बीबीएल होबर्टबाट खेल्न सक्ने क्रिकेट अष्ट्रेलियाले जनाएको छ । क्रिकेट अष्ट्रेलियाले सन्दीप अनुबन्धको लागि होबर्टले प्रक्रिया अघि बढाएको समेत जनाएको छ ।

यसअघि सन्दीपले दुई सिजन मेलबर्न स्टार्सबाट बीबीएल खेलेका थिए । होबर्टले आफ्नो अन्तिम विदेशी खेलाडी बिहीवार सार्वजनिक गर्दैछ । सन्दीपले हालसम्म बीबीएलमा २० खेलमा २६ विकेट लिएका छन् ।