के तपाईलाई ग्यास सिलिण्डरमा नम्बर किन लेखिन्छ भन्ने कुरा थाहा छ ?

के तपाईलाई ग्यास सिलिण्डरमा नम्बर किन लेखिन्छ भन्ने कुरा थाहा छ ?

आधुनिक सुविधा जति लाभदायक छन्, त्यति नै घातक पनि छन् । त्यसैले सुविधाको प्रयोग आवश्यक्ता हेरेर मात्रै गनुपर्छ । किनभने यसको धेरै प्रयोग गरेमा खतरनाक साबित हुन सक्छ ।

ग्यास सिलिण्डर सबैको घरमा प्रयोग हुन्छ । यस बिना आजको समयमा केहि पनि हुन सक्दैन । तर तपाईलाई यसको बारेमा धेरै जानकारी थाहा नहुन पनि सक्छ । आज हामी तपाईलाई ग्यास सिलिण्डरमा किन नम्बर लेखिन्छ भन्ने बारेमा जानकारी दिनेछौँ ।

ग्यास सिलिण्डरमा लेखिएको एक विशेष कोड नम्बर रेगुलेटर नजिक तीन पट्टी हुन्छ । ग्यास कम्पनीले यस नम्बर लेखेर आफ्नो जिम्मेवारी निभाउँछन् । ग्यासको ट्यांकीमा ए, बी, सी, डी लेखिएको हुन्छ । ग्यासको कम्पनीहरु यी अल्फाबेट्सलाई १२ महिनाको हिसावमा चार भागमा बाँड्छन् ।

ए जनवरीदेखि मार्चसम्म, बी अप्रिलबाट जूनसम्म, सी जुलाईबाट सेप्टेम्बरसम्म र डी अक्टोबरबाट डिसेम्बरसम्म हुन्छ । यस कोडले लेटरको सहायताले टेस्टिङको महिना दर्शाउँछ ।