बसको ठक्करबाट धनगढीमा एक युवतीको मृत्यु

बसको ठक्करबाट धनगढीमा एक युवतीको मृत्यु

धनगढीः धनगढीमा बसले मोटरसाइकललाई ठक्कर दिदा एक युवतीको मृत्यु भएको छ । एक जना घाइते भएका छन् । 

बुधबार साझ धनगढी उप–महानगरपालिका वडा नम्बर ३ मा कञ्चनपुरको बेलौरी जाँदै गरेको ना ५ ख ८९३२ नम्बरको पवनदुत यातायातको बसले भे प १५२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा बर्दियाको ठाकुर बाबा नगरपालिका २ की २१ वर्षीया तुलसी पौडेलको नवजीवन अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका सहायक प्रवक्ता प्रहरी निरीक्षक हिक्मत थापाले बताउनुभयो । 

मोटरसाइकल चालक सुर्खेतको बिरेन्द्र नगर नगरपालिका ११ का २१ वर्षिय मदन ढकाल घाइते भएका छन् । उनको हात र खुट्टामा चोट लागेको प्रहरीले जानकारी दिएको छ । बसका चालक  र बसलाई प्रहरीले नियनत्रणमा लिएको छ ।