कैलालीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

कैलालीका एक कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी । सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीका कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

श्वासप्रश्वासमा समस्या देखिएपछि बुधबार बिहान अस्पताल भर्ना भएका गोदावरी नगरपालिका– ४ का ७४ वर्षीय पुरुषको गएराती उपचारकै क्रममा मृत्यु भएको हो ।

बुधबारनै कोरोना पोजेटिभ देखिएपछि कोभिड अस्थायी अस्पतालमा सार्ने क्रममा उनको राती १२:५ बजे मृत्यु भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए । उनलाई श्वासप्रश्वासमा समस्या र मधुमेह डाइबिटीज पनि रहेको सुचना अधिकारी श्रेष्ठले बताए ।