शाहरुखको दिल्लीस्थित घर प्रशंसकका लागि खुल्ने

शाहरुखको दिल्लीस्थित घर प्रशंसकका लागि खुल्ने

बलिउड अभिनेता शाहरुख खानको मुम्बईस्थित हाल उनी बसिरहेको घर ‘मन्नत’ को खुबै चर्चा भइरहन्छ । तर योपटक भने मन्नतको नभई उनको दिल्लीस्थित आलिशान घरले चर्चा पाएको छ ।

दिल्लीस्थित शाहरुखको घरमा बस्ने मौका अब उनका प्रशंसकलाई हुने भएपछि यसको चर्चा हुन थालेको हो । शाहरुखले एयर बीएनबीसँग सहकार्य गर्दै २०१२ को प्रणय दिवसको मौका छोपी दर्शकका लागि दिल्लीस्थित घर खोल्न लागेका हुन् । 

यसका लागि इच्छुक प्रशंसकले ३० नोभेम्बरको राति १२ बजेसम्म आवेदन भर्नुपर्नेछ । जसमा उनीहरुले शाहरुखको घरमा गर्न लागिएको ‘ओपन वार्म वेलकम’ मनैदेखि गरिएको स्वागत को महत्त्वका बारेमा लेख्नुपर्नेछ ।

आवेदनबाट छानिएका जोडीले शाहरुखको घरमा दुई दिन बिताउन पाउने बताइएको छ । यो खबरसँगै शाहरुखले घरको तस्बिरहरु सेयर गर्दै दिल्लीमा विगतका यादहरु धेरै भएको बताएका छन् । यो घरलाई शाहरुखकी श्रीमती तथा इन्टेरियर डिजाइनर गौरी खानले रि-डिजाइन गरेकी हुन् ।