सानो बिरालोले लखेट्यो ठूलो हात्तीलाई

सानो बिरालोले लखेट्यो ठूलो हात्तीलाई

थाइल्यान्डमा एक सानो घरपालुवा बिरालोले चार सय किलो तौल भएको हात्तीमा लखेटेको तस्वीरहरू सार्वजनिक भएको छ । खानाको खोजीमा घरको बगैंचामा आइपुगेको हात्तीलाई बिरालोले लखेटेको छ । 
 
सिम्बा नामक गरेको बिरालो मंगलवार राति घरमा आइपुगेको हात्तीको हावाज सुनेर उठेको थियो । हात्तीको विशाल आकार देखेर पनि बिरालो आत्तिएन । आश्चर्यजनक तस्वीरमा बिरालोले हात्तीको अगाडि उभिएको अनि हात्ती कुलेलम ठोकेको देखिन्छ । जाँदाजाँदै हात्तीले बगैंचाका रुखहरू उखेलेको थियो । पाइ सालिक नामक ३५ वर्षे हात्ती मानिसहरूको घरबगैंचामा गएर खानाको खोजी गर्ने गरेको स्थानीयहरू बताउँछन् । 

स्थानीय पार्कका रेन्जर अमनात नोरासिनले भने, ‘हात्ती जंगलमा बस्छ तर रातिहुँदो खानाको खोजीमा मानिसको घरघर पस्छ । यहाँ सबैले उसलाई चिन्छन् ।’बिरालोका मालिकले ऊ आक्रामक भएको र अन्य जनावर उसको क्षेत्रमा आएको मन नपराउने बताए ।