'देश बेच्न पाईदैंन, गणतन्त्र चाहिदैंन' भन्दै धनगढीमा राजसंस्था पुनःस्थापनको माग गर्दै प्रदर्शन

'देश बेच्न पाईदैंन, गणतन्त्र चाहिदैंन' भन्दै धनगढीमा राजसंस्था पुनःस्थापनको माग गर्दै प्रदर्शन

धनगढी । राजसंस्था पुनःस्थापनको माग गर्दै बिहीबार धनगढीमा र्‍याली प्रदर्शन गरिएको छ । स्वतन्त्र देश भक्त नागरिक सुदूरपश्चिमको आयोजनामा धनगढीमा मोटरसाइकल ¥याली सहित राजतन्त्र पुनःबाहालीको माग गर्दै प्रर्दशन भएको हो ।

धनगढीको बुद्ध चोकबाट सुरु भएको ¥याली निर्माणाधिन ६ लेन सडक हुँदै अत्तरिया सम्म पुगेको थियो । भने धनगढीको चौराहामा पुगेर कोणसभा गरिएको थियो । ¥यालीमा सहभागीहरुले राजा आउ देश बचाउ, हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ लगायतका नारा लगाएका छन् ।

र्‍यालीमा हजारौं मोटरसाइकल सहित राजसंस्था पुनःबाहालीका पक्षधरहरुको उल्लेख्य सहभागिता रहेको थियो ।