भारत र अमेरिकाले नेपालमा प्रधानमन्त्री फेर्ने खेल शुरु गरे : प्रकाण्ड

भारत र अमेरिकाले नेपालमा प्रधानमन्त्री फेर्ने खेल शुरु गरे : प्रकाण्ड

धनगढी : बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्ग बहादुर बिश्वकर्मा प्रकाण्डले भारत र अमेरिकाले नेपालमा प्रधानमन्त्री फेर्ने खेल शुरु गरेको दावी गरेका छन। 

प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र अमेरिकासगत केही बिषयमा कुरा नमिलेकोले दुबै देशले नेपालमा प्रधानमन्त्री फेर्ने खेल शुरु गरेको उनले दावी गरेको हुन । तर के बिषय नमिलेको हो भन्ने चाँही उनले खुलाएनन । 

विहिवार धनगढीमा पत्रकारहरुसग कुरा गर्दै उनले सरकारले भारत र अमेरिकाको खेलका कारण आगामी ६ महिना पनि टिक्न गाह्रो रहेको दावी गरे । पाँच बर्ष भनेर दावी गरिए पनि बर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र अमेरिकासित स्वार्थ नमिलेका कारण सरकार पुरा समय नटिक्ने जिकिर गरेका प्रकाण्डले संसदवादी दलहरु बिदेशीका गोटी बनेकोले यस्तो स्थिति आएको बताए । 

बिप्लव नेतृत्वको कम्युनिष्ट पार्टी भारतीयहरुले परिचालन गरेको आरोप लागिरहेको र नेताहरु बिदेशमा गएर भारतीय गुप्तचर संस्था रअ का मान्छेसित कुराकानी गरिरहेको हल्ला चलिरहेको भन्ने सन्दर्भमा उनले भने, ‘यो बर्तमान सत्तासीन दल नेकपामा अध्यक्ष प्रचण्डले हलुका रुपमा आफ्नो पार्टीको बद्नाम गर्न फैलाएको हल्ला भएको हो ।’
उनले आफ्नो पार्टीले जवर्जस्ती चन्दा संकलन गरिरहेको कुरामा सत्ययता नरहेको भन्दै सहयोग मात्रै लिएको जिकिर गरे ।