राष्ट्रिय फुटबल टिम स्वदेश आईपुग्यो

राष्ट्रिय फुटबल टिम स्वदेश आईपुग्यो

नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश आइपुगेका छन् । बंगलादेशसँगको दुई अन्तराष्ट्रिय मैत्रीपूर्ण खेलेर नेपाली राष्ट्रिय फुटबल टिम स्वदेश आइपुगेका हुन् । नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष शिक्षित पराजुली लगायतका पदाधिकारीले स्वागत गरेका थिए ।

नेपालले ढाकामा ‘मुजिब वर्ष फिफा अन्तराष्ट्रिय फुटबल सिरिज’ अन्तर्गत बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेलेको थियो । पहिलो मैत्रीपूर्णमा नेपाल बंगलादेशसँग २-० ले पराजित भएको थियो ।

मंगलवार भएको दोस्रो मैत्रीपूर्णमा भने नेपालले बंगलादेशसँग गोलरहित बराबरी खेलेको थियो । कतारमा २०२२ मा हुने विश्वकप र चीनमा २०२३ मा एसियन कप छनोटमा नेपालले अब ३ घरेलु खेल खेल्न बाँकी रहेको छ ।

अब नेपालले अष्ट्रेलिया, जोर्डन र चाईनिज ताईपेसँग खेल्न बाँकी रहेको छ । नेपालले सबै अवे र एक होम खेल खेलिसकेको छ समूह बी मा रहेको नेपालको ५ खेलबाट ३ अंक रहेको छ । नेपाल समूहको चौथो स्थानमा छ । यस समूहको शीर्ष स्थानमा अष्ट्रेलिया रहेको छ ।