छठ पर्वको अवसरमा मुख्यमन्त्री भट्टद्वारा शुभकामना व्यक्त

रासस    

छठ पर्वको अवसरमा मुख्यमन्त्री भट्टद्वारा शुभकामना व्यक्त

कैलाली : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले नेपालीहरुको महान् पर्व छठपर्व २०७७ को अवसरमा शुभकामना व्यक्त गरेका छन् ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयद्वारा आज यहाँ जारी शुभकामना सन्देशमा उनले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीमा सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गरेका छन् ।

सन्देशमा उनले भनेका छन्, “कोरोना भाइरसको सङ्क्रमणको महामारीबाट उन्पन्न जटिल परिस्थितिमा सरकारले तोकेको स्वास्थ्यसम्बन्धी सबै प्रकारका मापदण्ड अपनाई सावधानीका साथ पर्व मनाउन हुन अनुरोध गर्दछु ।” 

उनले छठपर्वले प्रदेशवासीमा सामाजिक एवं सांस्कृतिक एकता तथा पारिवारिक सम्बन्ध सुमधुर बनाउनमा सघाउ पुर्याउन प्रेरणा प्रदान गरोस् भन्ने कामना गरेका छन् ।



शुक्रबार ०५, मङि्सर २०७७ ०९:३३ मा प्रकाशित

#सुदूरपश्चिम प्रदेश #मुख्यमन्त्री त्रिलोचन भट्ट #छठपर्व

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस