अमेरिकामा २४ घण्टामा १ लाख ६४ हजारमा कोरोना

अमेरिकामा २४ घण्टामा १ लाख ६४ हजारमा कोरोना

काठमाडौं । अमेरिकामा कोरोना संक्रमितको संख्या एक करोड १२ लाख नाघेको छ । अमेरिका विश्वमा कोरोनाका कारण सबैभन्दा धेरै संक्रमित हुने र मृत्यु हुने देशको सूचिमा पहिलो स्थानमा छ । 

विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म अमेरिकामा १ करोड १२ लाख ४९ हजार २२८ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्रै १ लाख ६४ हजार ४४ जना संक्रमित थपिएका छन् ।

तथ्यांक अनुसार अमेरिकामा हालसम्म २ लाख ४६ हजार ७४६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा अमेरिकामा १ हजार ५८२ संक्रमितको मृत्यु भएको छ ।