भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५७६ संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा ४५ हजार ५७६ संक्रमित थपिए

काठमाडौं । भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख ५८ हजार ४८३ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म भातमा पछिल्लो २४ घण्टामा ४५ हजार ५७६ संक्रमित थपिएका छन् । 

पछिल्लो २४ घण्टामा ५८५ कोरोना संक्रमितको मृत्यु भएको भारतमा हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ५७८ पुगेको छ । 

भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।