साथीको घर जाँदै गर्दा १८ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ

साथीको घर जाँदै गर्दा १८ वर्षीया किशोरी बलात्कृत, एक युवक पक्राउ

प्रहरीले १८ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । महोत्तरी बर्दिबास नगरपालिका–७ किसाननगर बस्ने २१ वर्षीय राजेश महतो पक्राउ परेका हुन् ।

साथीको घरमा जाँदै गरेकी ती किशोरीलाई राजेशससहितका ३ जना युवाले धनुषा मिथिला नगरपालिका–३ स्थित उखुबारीमा जबरजस्तीकरणी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

किशोरी बलात्कृत भएको खबर पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवारबाट खटिएको प्रहरी टोलीले लुकछिपी बसेको अवस्थामा बुधबार राजेशलाई पक्राउ गरेको हो ।

त्यस्तै घटनामा संलग्न अन्य २ जना फरार रहेको र खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।