धनगढीः कञ्चनपुरमा स्थानीयको विद्युतिय सामाग्री तोडफोड गर्ने युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ८ मा ९ जना स्थानीयको विद्युतको मिटर बक्स र टेलिभिजन तोडफोड गर्ने अन्दाजी २७ वर्षीय जगदिश बोहोरालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बोहोरालाई पक्राउ गरिएको बताउँदै मानसिक अवस्था ठीक नभएको पाईएपछि उपचारका लागि आफन्तको जिम्मा लगाइएको जानकारी दिए ।
बोहोराले धारिलो हातहतियार देखाउँदै तोडफोड गरेको स्थानीयको गुनासोपछि प्रहरीले उनलाई पक्राउ गरेको थियो ।