दोस्रो पुस्ताका नेताहरुलाई गोकुल बाँस्कोटाको यस्तो झटारो !

दोस्रो पुस्ताका नेताहरुलाई गोकुल बाँस्कोटाको यस्तो झटारो !

पूर्वमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता गोकुल बाँस्कोटाले पार्टीका दोस्रो पुस्ताका नेताहरुको भूमिकामाथि प्रश्न उठाएका छन् ।

पार्टीभित्र विवाद उत्कर्षमा पुगेका बेला नेता बाँस्कोटाले दोस्रो पुस्ताका केही नेताहरुको नामै तोकेर निकटताको पहिचान बोकेर विभाजित टुकडीको कम्पनीमा कमाण्डरमा चित्त बुझाउने मात्रै कि भन्दै प्रश्न उठाएका छन् ।

समयले परीक्षण मागेको भन्दै विशाल पार्टीमा सार्थक शैद्धान्तिक, बैचारिक, सांगठनिक हस्तक्षेपद्वारा एकिकृत पार्टीको नेतृत्वमा गर्ने भन्दै नेताहरु सामू प्रश्न तेस्र्याएका छन् ।

शुक्रवार एक ट्वीट गर्दै उनले भने, “नेकपाको दोश्रोपुस्ता (शंकर,जनार्दन, प्रदीप, टोपबहादुर, योगेश,सुरेन्द्र, बिष्णुहरुले) निकटताको पहिचान बोकेर बिभाजित टुकडीको कम्पनी कमाण्डरमा चित्त बुझाउनेकि विशाल पार्टीमा सार्थक सैध्दान्तिक,बैचारिक,सांगठनिक हस्तक्षेपद्वारा एकिकृत पार्टीको नेतृत्व गर्नेरुअब समयले परिक्षण माग्यो।”