धनगढीका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढीका थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु

धनगढी । धनगढीको सेती प्रादेशिक अस्पतालमा उपचाररत थप एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कैलालीको धनगढी उपमहानगरपालिका–५ निवासी ५५ वर्षीय पुरुषको आज अपराह्न १२ बजे उपचारका क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले जानकारी दिए ।

श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि गत कार्तिक २५ गतेबाट सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालको भेन्टिलेटरमा उनको उपचार थालिएको थियो । उनमा डायबिटिज रोगको समेत समस्या थियो ।  

यस अघि आज बिहान पनि एक जना कोरोना सङ्क्रमितको सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।