मन्त्री बोहराको पहलमा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते रावललाई काठमाडौँ लगियो

मन्त्री बोहराको पहलमा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते रावललाई काठमाडौँ लगियो

धनगढी । अरिङ्गालको टोकाइबाट गम्भीर घाइते बनेका अछामका एक जनालाई धनगढीबाट थप उपचारका लागी हेलिकप्टरमार्फत काठमाडौँ लगिएको छ ।

जिल्लाको बान्निगढि जयगढ गाउँपालिका वडा नम्बर ५ सुगालीका  ४८ वर्षीय गोकर्ण रावललाई सेती प्रादेशिक अस्पतालबाट आज दिउँसो भेन्टिलेटर सहित हेलिकप्टरमा  काठमाडौँको लगिएको हो ।

सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराको पहलमा हेलिकप्टरबाट काठमाडौँको ग्राण्डि अस्पताल लगिएको मन्त्री वोहराका स्वकीय सचिव पङ्कज शाहले जानजकारी दिए । 

रावलको काठमाडौँ रहेको ग्रान्डि अस्पतालमा उपचार गरिने मन्त्री बोहराको सचिवालयले जनाएको छ ।उनलाई २ गते राती घर नजिकै अरिङ्गालले टोकेको थियो ।