नेपालमा पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोना संक्रमित डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ५३६४ जना कोरोना संक्रमित डिस्चार्ज

पछिल्लो २४ घण्टामा थप ५ हजार ३ सय ६४ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

यो सँगै नेपालमा १ लाख ९१ हजार २ जना संक्रमित उपचारपछि निको भएका छन्। आज १० हजार ३ सय ४० जना शंकास्पद व्यक्तिको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा १६ लाख ४३ हजार ८ सय ९९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।   

मन्त्रालयका अनुसार ७५३ जना क्वारेन्टाइनमा छन्। नेपालमा २४ हजार ६ सय ६५ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।