नेपालमा थप २२ जना कोरोना संक्रमतिको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

नेपालमा थप २२ जना कोरोना संक्रमतिको मृत्यु, मृतकको संख्या १२९८ पुग्यो

नेपालमा एकै दिन २२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार २ सय ९८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएका छ। यसअघि बिहिबार १७ जनाको मृत्यु भएको थियो। 

एकै दिन १ हजार ९ सय ४५ जना भेटिएसँगै संक्रमितको संख्या २ लाख १६ हजार ९ सय ६५ पुगेको छ। 

गत २४ घण्टामा १० हजार ३ सय ४० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षणको संख्या १६ लाख ४३ हजार ९ सय पुगेको छ। हाल ७ सय ५३ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ।