बझाङमा थप ६ जनामा कोरोना भाइरस पुष्टि

बझाङमा  थप ६ जनामा कोरोना भाइरस पुष्टि

जिल्ला अस्पताल बझाङमा गरिएको परिक्षणमा थप ६ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा परिक्षण भएका ९९ नमुनाहरुमध्ये ६ जनामा संक्रमण पुष्टि भएको हो ।

प्रयोगशाला इन्चार्ज नरेश खड्काले बझाङका थप २ महिला र ४ जना पुरुषमा कोरोना देखिएको जानकारी दिए ।

उनले जिल्लाको बुंगल नगरपालिकाका तीन जना, तल्कोट गाउँपालिकाका एकजना, थलारा गाउँपालिकाका एकजना , छबीस पाथीभरा गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको बताए ।