गत जेठ ९ गते जिल्लामा पहिलो सङ्क्रमण देखिएको बैतडीमा ४७९ जनाले जिते कोरोना

गत जेठ ९ गते जिल्लामा पहिलो सङ्क्रमण देखिएको बैतडीमा ४७९ जनाले जिते कोरोना

बैतडी । बैतडीमा हालसम्म ४७९ जनाले कोरोना जितेका छन् । 

गत जेठ ९ गते जिल्लामा पहिलोपटक कोरोना सङ्क्रमण देखिएको थियो । हालसम्म ५०० मा सङ्क्रमण पुष्टि हुँदा २० जना अझै सक्रिय सङ्क्रमित रहेका छन् भने एकको मृत्यु भइसकेको छ । जिल्लाको पाटन नगरपालिकाका ७६ जनाले कोरोना जितेका छन् । पाटनमा ८२ मा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ ।  

यस्तै दशरथचन्द नगरपालिकाका पनि ८२ जनामा सङ्क्रमण पुष्टि हुँदा ७४ ले कोरोना जितेका छन् । यसका साथै पञ्चेश्वर गाउँपालिकाका ६२, सिगास गाउँपालिकाकाका ५५, शिवनाथ गाउँपालिकाका ५१, दोगडाकेदार गाउँपालिकाकाका ४८, मेलौली नगरपालिकाका ४७ जनाले पनि कोरोना जितेका छन् । 

सूर्नया गाउँपालिकाका ३५, पुर्चौडी नगरपालिकाका १९, डिलाशैनी गाउँपालिकाका १२ जना सङ्क्रमित डिस्चार्ज भएका बैतडीका कोभिड–१९ सम्पर्क व्यक्ति भुवन जोशीले जानकारी दिए । जिल्लाको दशरथचन्द नगरपालिकामा आठ, पाटन नगरपालिकामा छ, सूर्नया गाउँपालिकाका चार, पञ्चेश्वर गाउँपालिकाका र दोगडाकेदार गाउँपालिकामा एक÷एक जना सक्रिय सङ्क्रमित रहेका छन् । 

शिवनाथ गाउँपालिका, मेलौली नगरपालिका, डिलाशैनी गाउँपालिका, पुर्चौडी नगरपालिका र सिगास गाउँपालिका भने कोरोनाका सक्रीय सङ्क्रमित शून्य भइसकेका छन् । हालसम्म बैतडीका ६ हजार ४८२ को पिसिआर परीक्षण गरिएको छ ।