हङकङको आन्तरिक मामिलामा चासो नदेखाउन चीनको चेतावनी

एजेन्सी    

हङकङको आन्तरिक मामिलामा चासो नदेखाउन चीनको चेतावनी

हङकङको आन्तरिक मामिलामा बेलायत, अमेरिका, अष्ट्रेलिया, न्युजिल्याण्ड र क्यानडाले अनावश्यक चासो देखाएको भन्दै चीनले विरोध जनाएको छ । पश्चिमा देशहरुले गठबन्धन बनाएर हङकङको आन्तरिक मामिलामा चासो देखाएको भन्दै चीनले विरोध गरेको अन्तर्राष्ट्रिय संचार माध्यमहरुले जनाएका छन् ।

चीनले हङकङमा निर्वाचित व्यवस्थालाई मान्यता नदिएर नयाँ नियम लगाएको पश्चिमा देशहरुको आरोप छ । चीनमाथि आफ्ना प्रतिनिधि चयन गर्ने हङकङका नागरिकको स्वतन्त्र अधिकारको हनन गरेको आरोप लागेको छ ।

चिनियाँ विदेश मन्त्रालयले हङकङको आन्तरिक मामिलामा चासो नदेखाउन चेतावनी दिएको छ । विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले गठबन्धन गरेर चीनको कदमको विरोध नगर्न आग्रहसमेत गर्नुभयो ।

हङकङले चार जना सांसदलाई विधायिकाबाट निष्कासन गरेको थियो । हङकङको प्रस्तावलाई बेइजिङले समर्थन गरेपछि राष्ट्रिय सुरक्षामा खतरा भएको भन्दै ती सांसदहरुलाई निष्कासन गरिएको बताइएको छ ।



शनिबार ०६, मङि्सर २०७७ १०:५५ मा प्रकाशित

#बेलायत #अमेरिका #अष्ट्रेलिया # न्युजिल्याण्ड

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस