धनगढी । कञ्चनपुरमा प्रहरीले सवारीसाधन चेकजाँचमा ‘गोप्रो’ क्यामेराको प्रयोग गर्न थालेको छ। बिहिबारबाट ‘गोप्रो’ क्यामेराको प्रयोग गरी सवारीसाधन चेकजाँच सुरु गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
प्रहरीका गतिविधि समेत निगरानी हुनेगरी ६ वटा ‘गोप्रो’ क्यामेरा मार्फत सवारीसाधन चेकजाँच थालिएको हो । प्रहरी र सेवाग्राहीलाई जवाफदेही ‘गोप्रो’ क्यामेरा मार्फत थालिएको सवारी चेकजाँच अभियान राजमार्ग क्षेत्र, बजार क्षेत्र हुँदै ग्रामीण क्षेत्र सम्म विस्तार गरिने बताइएको छ ।
पुर्व पश्चिम राजमार्गमा अन्तरगत चल्ने छोटो तथा लामो दुरीका सवारी साधनका चालक र धनीहरुलाई चेकजाँच गरिदैं तस्विरहरु :