चिनियाँ सिनोफार्मको कोरोना भ्याक्सिन झन्डै १० लाखमा परीक्षण

चिनियाँ सिनोफार्मको कोरोना भ्याक्सिन झन्डै १० लाखमा परीक्षण

चिनियाँ औषधि निर्माता कम्पनी सिनोफार्मले आफ्नो कोरोनाविरुद्धको भ्याक्सिन झन्डै १० लाख मानिसमा परीक्षण गरेको जानकारी दिएको छ। सिनोफार्मका प्रमुख लिउ जिङजेनका आपतकालीन प्रयोगका लागि झन्डै १० लाखमा खोप प्रयोग भइसकेको छ।

साथै सिनोफार्मको खोपको कुनै गम्भीर प्रतिकूल प्रभाव नभएको पनि उनको दाबी छ। लिउले सिनोफार्मको खोप चिनियाँ निर्माण कामदार, कुटनीतिज्ञ साथै १५० देशमा अध्ययनका लागि गएका चिनियाँ विद्यार्थीमा प्रयोग भएको बताएका छन्।

आफ्नो खोप यूएई, बहराइन, इजिप्ट, जोर्डन, पेरु, अर्जेन्टिना लगायत दश देशका ६० हजारमा पनि प्रयोग भएको सिनोर्फामको भनाइ छ। परीक्षणमा आफ्नो खोप प्रभावकारी देखिएको सिनोफार्मको दाबी छ।