जहाँ अर्काको कुरा काट्दा फोहोर उठाउने सजाय दिइन्छ !

जहाँ अर्काको कुरा काट्दा फोहोर उठाउने सजाय दिइन्छ !

फिलिपिन्सको एउटा सानो गाउँ बिनालोननमा कुरा काट्न प्रतिबन्ध छ । उत्तरी मनिलाबाट करिब दुई सय किलोमिटर टाढा रहेको उक्त गाउँमा कुनै पनि हल्ला नफैलियोस् भन्नका लागि अधिकारीले नयाँ स्थानीय कानून नै बनाएका छन् । नयाँ कानून अनुसार नचाहेको हल्ला फैलाउनेलाई शहरको फोहोर संकलन गर्न लगाइन्छ ।

पहिलो पटक कुरा काट्नेले ३.८ डलर तिर्नुपर्ने हुन्छ भने तीन घण्टासम्म सडकको फोहोर बटुल्नुपर्छ । साथै त्यही कुरा दोहोराउनेले २० डलरसम्म तिनुपर्छ । उनीहरुले आठ घण्टासम्म फोहोर बटुल्नुपर्छ ।

तर उक्त कानूनले के लाई कुरा काटेको मान्ने भनेर निश्चित मापदण्ड भने तोकेको छैन । यो नयाँ कानून अचम्मको लागेपनि बिनालोननको छिमेकी गाउँ मोरेनो गाउँमा सन् २०१७ देखि लागू गरिँदै आएको छ ।

त्यहाँका स्थानीयले सार्वजनिक रुपमा कुरा काटेका कारण करिब १० डलर जरिवाना तिरिसकेका छन् भने दिउँसोको समयमा फोहोर संकलन गरिसकेका छन् ।