राष्ट्रसंघका महासचिवद्वारा जी२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह

राष्ट्रसंघका महासचिवद्वारा जी२० का नेताहरुलाई एकताबद्ध हुन आग्रह

संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटर्रेसले जी२० का नेताहरुलाई एकताबद्ध भएर काम गर्न आग्रह गरेका छन्।

उनले विश्वमा हाल देखा परिरहेका विभिन्न खालका समस्याहरुको समाधानका लागि एकताबद्ध हुन र आपसी सहयोगका साथ अघि बढ्न सो आग्रह गरेका हुन्।

जी२० को यसै हप्ताको अन्त्यमा अनलाइन बैठक हुन लागेको छ। सो बैठकको अघि उनले विश्वका नेताहरुलाई यो आग्रह गरेको बताइएको छ।

विश्वमा अहिले विशेष गरेर कोभिड १९ को संक्रमण देखा परिरहेको छ र यस्तो अवस्थामा विश्वमा आर्थिक मन्दीको अवस्था पनि देखिएको छ भन्दै उनले यस्ता र अरु पनि समस्याहरु रहेको बताए।

त्यसैले यी समस्याहरुको समाधान गर्नका लागि विश्वका नेताहरुले एक भएर काम गर्नुपर्ने भन्दै उनले शुक्रबार सो कुरामा जोड दिएका थिए।