धनगढीमा शनिबार २७ जना कोरोना संक्रमित थपिए, कुन वडामा कति ?

धनगढीमा शनिबार २७ जना कोरोना संक्रमित थपिए, कुन वडामा कति ?

धनगढी । धनगढी उपमहानगरपालिकामा शनिबार थप २७ जनामा जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा भएको परिक्षणमा उपमहानगरपालिकाका विभिन्न वडाका थप २७ जनामा संक्रमण पुष्टि भएको हो ।

अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले उपमहानगरपालिकाको वडा नम्बर २ का ७ जना, वडा नम्बर ५ का ५ जना, वडा नम्बर १ का ३ जना, वडा नम्बर ११ का २ जनामा कोरोना देखिएको जानकारी दिए ।

यस्तै वडा नम्बर ३ का एकजना, वडा नम्बर ४ का एकजना, वडा नम्बर ७ एकजना, वडा नम्बर १२ का एकजना, वडा नम्बर १६ का एकजना र वडा नम्बर १८ का एकजनामा संक्रमण देखिएको उनले बताए ।

यस्तै वडा नखुलेका धनगढी कै ४ जनामा पनि कोरोना पुष्टि भएको सुचना अधिकारी श्रेष्ठले जानकारी दिए ।