नेपालमा थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १,३०५ पुग्यो

धनगढी खबर    

नेपालमा थप ७ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या १,३०५ पुग्यो

पछिल्लो २४ घण्टामा ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधीमा ७ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । 

कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ३०५ पुगेको छ । सोही अवधीमा १ हजार ६७४ कोरोना संक्रमित थपिएका छन् । २४ घण्टामा २ हजार ३२३ संक्रमित निको भएका छन् । 

हालसम्म नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको छ । सक्रिय संक्रमितको संख्या २४ हजार ९ रहेको छ । हालसम्म संक्रमित मध्ये १ लाख ९३ हजार ३२५ निको भइसकेका मन्त्रालयले जनाएको छ ।  



शनिबार ०६, मङि्सर २०७७ ०४:१८ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस