सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कडा कारबाही गरियोस् : वरिष्ठ नेता नेपाल

धनगढी खबर    

सुरेन्द्र पाण्डेमाथि अभद्र व्यवहार गर्नेलाई कडा कारबाही गरियोस् : वरिष्ठ नेता नेपाल

पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेमाथि भएको नाराबाजीको निन्दा गरेका छन् । शनिवार दिउँसो एक विज्ञप्ती जारी गर्दै वरिष्ठ नेता नेपालले सो घटनाको निन्दा गरेका हुन् । 

उनले लेखेका छन्,'गृह जिल्लाका विकास आयोजनाहरूको अनुगमन तथा पार्टीका कार्यक्रमहरूमा सहभागी हुने क्रममा चितवनमा रहनुभएका हाम्रो पार्टीका स्थायी कमिटी सदस्य, पूर्व अर्थमन्त्री तथा प्रतिनिधिसभा सदस्य कमरेड सुरेन्द्र पाण्डे आज राप्ती नगर पार्टीको बैठकमा सहभागी भई मन्तव्य राखिरहेको बेला अनाधिकृत रूपमा प्रवेश गरेका केही व्यक्तिहरूले सुनियोजित रूपमा गरेको अभद्र ब्यबहार तथा नाराबाजीको निन्दा एवम् भर्त्सना गर्दछु ।'

उनले सभ्य, सुसंस्कृत एवम् समुन्नत समाज निर्माण गर्ने उद्धेश्य बोकेको कम्युनिष्ट आदर्श अवलम्बन गर्ने लोकतान्त्रिक कम्युनिष्ट पार्टीका लागि पटक्कै नसुहाउने भन्दै उक्त कार्य गर्नेर गराउने जो सुकै भएपनि छानविन गरी कडा भन्दा कडा कारबाही गर्न गम्भीर ध्यानाकर्षण गराएका छन् ।  

नेता पाण्डेमाथि शनिवार प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षका केही कार्यकर्ताहरूको भीडले नाराबाजी तथा विरोध गरेको थियो । 

यो पनि पढ्नु होस्

शनिबार ०६, मङि्सर २०७७ ०५:१० मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस