कोरोना भाइरसको संक्रणबाट सुदूरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

धनगढी खबर    

कोरोना भाइरसको संक्रणबाट सुदूरपश्चिममा पहिलो पटक स्वास्थ्यकर्मीको मृत्यु

धनगढीः सुदूरपश्चिममा पहिलो पटक कोरोना भाइरसको संक्रणबाट स्वास्थ्यकर्मीको मृत्यु भएको छ । 

धनगढी उपमहानगरपालिका वडा नम्बर ५ निवासी ५५ वर्षीय कपिल श्रेष्ठको शुक्रवार अपराह्न १२ बजे सेती प्रादेशिक अस्पतालको कोरोना अस्थाीय अस्पतालमा  मत्यु भएको हो । उनी अछामको तुर्माखाँद गाउँपालिका वडा नम्बर १ मा रहेको रहफ स्वास्थ्य चौकीका इन्चार्ज थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि श्रेष्ठलाई गत कार्तिक २५ गतेबाट अस्पताल भर्ना गरिएको थियो ।   

२०७६ कार्तिक २१ गते देखि उनी अछामको रहफ स्वास्थ्य चौकीका इन्चार्जका रूपमा कार्यरत थिए । दसैँ बिदामा उनी धनगढी घर आएका थिए । दसैँ मनाएर  अछाम फर्किएका उनी स्वास्थ्यमा समस्या देखिएपछि फेरि धनगढी फर्किएका थिए ।

उनको कैलालीको गोदावरी आर्य घाटमा नेपाली सेनाले शुक्रवार हिन्दु संस्कार अनुसार अत्यष्टी गरेको थियो ।



शनिबार ०६, मङि्सर २०७७ ०९:२४ मा प्रकाशित

हाल बढ्दै गइ रहेको कोरोन संक्रमण रोक्न सरकार ले आगामी दिन मा के गर्न उचित होला?

Loading...

प्रतिकृया दिनुहोस