लामो समयसम्म हेडफोन प्रयोग गर्दा हुन सक्छ यस्तो खतरा

लामो समयसम्म हेडफोन प्रयोग गर्दा हुन सक्छ यस्तो खतरा

कोरोना भाइरसको महामारीका कारण धेरैजसो मानिसहरु अहिले पनि घरबाटै अफिसको काम गरिरहेका छन् । यस्तोमा उनीहरुलाई घण्टौंसम्म हेडफोन तथा इयरफोनको प्रयोग गर्नु परिरहेको छ ।

लामो समयसम्म लगातार रुपमा हेडफोन प्रयोग गर्दा हरेक दिन नयाँ नयाँ समस्याहरु देखिन थालेका छन् । डाक्टरहरुको भनाइमा यस्ता केसहरु बढी आउन थालेका छन्, जसमा धेरैजसो लामो समयसम्म हेडफोनको प्रयोग गर्दछन् ।

यसबाट कानमा दुखाइसँगै अन्य प्रकारका हैरानीहरु थपिन थाल्दछन् । यति मात्र होइन, कतिपयमा त विस्तारै सुन्ने क्षमता समेत कम हुँदै गइरहेको छ ।

अनलाइन कक्षाका कारण बालबालिकामा समेत कानसँग सम्बन्धित समस्या बढ्न थालेका छन् । विद्यार्थीलाई अनलाइन कक्षाका लागि इयरफोन प्रयोग गर्नु परिरहेको हुन्छ ।

यस्तोमा उनीहरुको कानमा दुखाइ, संक्रमण लगायतका सिकायतहरु देखिन थालेको चिकित्सकहरु बताउँछन् । उनीहरुका अनुसार पछिल्लो सातरआठ महिनामा हेडफोन तथा इयरपडको प्रयोग कयौं घण्टाले वृद्धि भएको छ ।

जसबाट कानमा समस्या देखिएका सिकायतहरु समेत बढेका छन् । हरेक दिन पाँच देखि १० जना यस किसिमको समस्या लिएर डाक्टरकहाँ पुग्न थालेको बताइन्छ ।

जसमा धेरैजसो आठदेखि दश घण्टासम्म हेडफोन प्रयोग गर्नेहरु रहेका छन् । यसरी लामो समयसम्म हेडफोन प्रयोग गर्दा कानमा निकै धेरै दबाब पर्न जान्छ र लगातार रुपमा चर्को बवाज सुन्दा सुन्ने क्षमता समेत ह्रास हुँदै जान्छ ।

कत्तिको हानिकारक छ हेडफोनको प्रयोग ?

चिकित्सकको भनाइमा यदि मानिसहरुले आफ्नो बानी व्यवहार समयमै परिवर्तन नगरे कानमा स्थायी रुपमा नै नोक्सान पुग्न सक्छ । इयर वेक्सका कारण हाम्रो कानमा रहेका कीटाणूहरु प्राकृतिक रुपमा नष्ट भइरहेका हुन्छन् ।

वेक्सले कानलाई संक्रमणबाट समेत जोगाइरहेको हुन्छ । कतिपय समय हेडफोन लगाउँदा कान चिलाउने गर्छ । यस्तोमा हामी इयरबडको प्रयोग गरिरहेका हुन्छौं ।

तर यसले कानमा रहेका इयर वेक्स हट्न पुग्छन् र कानको आन्तरिक हिस्सामा कीटाणूको संक्रमणको खतरा बढ्न पुग्छ । त्यसैले घरमा बालबालिका अनलाइन क्लास लिइरहेका छन् भने उनीहरुलाई हेडफोनको प्रयोग गर्न नदिनुहोस् ।

यदि ल्यापटप वा स्मार्टफोनबाट उनीहरुले क्लास लिइरहेका छन् भने त्यसको आवाज नै सुन्नका लागि पर्याप्त हुन्छ ।