आजको राशिफल

आजको राशिफल

आज - ०७ मंसिर २०७७ आइतवार को राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) 
आज शुभकार्यको चर्चा चल्नेछ । दाम, इनाम र प्रतिष्ठाकमाउने बेलाछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसरपनि जुट्न सक्छ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
परोपकारी कार्यमा संलग्न भइनेछ । साथीभाइहरूसँग मनोरञ्जक भेटघाट हुने र प्रेमीको सहयोग प्राप्त हुनेछ । अतिथिको रूपमा सत्कार पाइएला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 
आज रमाईलो यात्रा रहनेछ । आफन्तको सहयोग प्राप्त हुनेछ । आफ्नो क्षेत्रमा प्रभूत्व जमाउन सकिनेछ । शुभ समाचार सुन्न पाइएला ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) 
आज आँटेको र ताकेको कार्य पुरा होला । वित्तिय संस्थाबाट सहयोग पाईनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाटपनि हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
 धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) 
जोश जाँगर र हिम्मत वढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । परिवारिक सद्भाव बढ्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 
आफूलाई कमजोर भएको अनुभूति हुनेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । कष्टकर यात्रा गर्नुपर्ला । भ्रमण, तथा खानपान खर्च बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) 
बिद्या तथा प्रतिश्पर्धामा सफल भईनेछ । लगनशीलताले कामहरू अगाडी बढ्नेछन । प्रेमीको सहयोग पाईनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
नयाँ कार्यको योजना बन्नेछ । साहित्यिक क्षेत्रमा रुची बढ्नेछ । सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउनेछ । धार्मिक यात्राको योगछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
 आज परोपकार गर्नुमानै भलो हुनेछ । घरपरिवारमा रमाइलो वातावरण छाउनेछ, तर विश्वासपात्रलाई वचन दिदा संयमता अपनाउनुहोला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) 
राज्यबाट दण्ड तथा जरिवाना हुँन सक्छ अतः काम गर्दा सजक भएर गर्नुहोला । मन खिन्न हुने स्थिति आउनेछ । यात्रामा सावधानी अपनाउनु पर्नेछ ।