ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा कञ्चनपुरमा १  जनाको मृत्यु, ट्रयाक्टर सहीत चालक प्रहरी नियन्त्रणमा

ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा कञ्चनपुरमा १  जनाको मृत्यु, ट्रयाक्टर सहीत चालक प्रहरी नियन्त्रणमा

कञ्चनपुरः ट्रयाक्टरले मोटरसाइकललाई ठक्कर दिदा कञ्चनपुरमा १  जनाको मृत्यु भएको छ ।

जिल्लाको कृष्णपुर नगरपालिका वडा नम्बर ३ मासे १ त ९५३३ नम्बरको ट्रयाक्टरलेसे १ प ६७६५ को मोटरसाइकललाई ठक्करबाट १ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक अमरबहादुर थापाले दुर्घटनामा मोटरसाइकलमा सवार ३५ वर्षीया रामेश्वरी जोशीको घटनास्थलमै मृत्यु भएको जानकारी दिए ।

उनका अनुसार मोटरसाइकल चालक मृतक जोशीका श्रीमान ५५ वर्षीय डम्मरदेव जोशी र उनकी १५ वर्षिया छोरी ममता जोशी घाइते भएका छन् ।उनीहरुको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । ट्रयाक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।