धनगढी । कैलालीको जंगलमा डोटी घर बताउने एक महिला फेला परेकी छन् ।
डोटीको धौला बस्ती काटै घर बताउने उनी कैलालीको लम्किचुहा नगरपालिका–६ बाहुनपुरको जंगलमा फेला परेकी हुन । उनको नाम सोध्दा पवित्रा विष्ट बताएको प्रहरीले जनाएको छ ।
उनलाई स्थानीयले जंगलमा फेला पारेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ । अहिले महिलालाई बर्दगोरीया गाउँपालिका बौनियामा रहेको सहयोगी हात नामक संस्थाको जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय लम्कीले बताएको छ ।
साथै प्रहरीले ती महिलालाई चिन्नेले फोन नम्बर ९८५८४२२२९९ वा ९८५८४९०३०३ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।