कमेडियन भारती र उनका श्रीमानलाई एनसीबीले हिरासतमा लियो

कमेडियन भारती र उनका श्रीमानलाई एनसीबीले हिरासतमा लियो

बलिवुडमा ड्रग्स प्रकरणको अनुसन्धान गरिरहेको भारतको नारकोटिक्स कंट्रोल ब्यूरो (एनसीबी) ले कमेडियन भारती सिंहलाई हिरासतमा लिएको छ । साथै उनका पति हर्ष लिम्बाचियासँग शनिबार बयान लिएको छ भने उनको बयान अझै जारी रहेको भारतीय मिडियाले उल्लेख गरेका छन्  ।

शनिबार उनको घरमा छापा मार्दा गाजा र अन्य ड्रग्स बरामद भएको थियो । भारतीले आफुले गाँजाको सेवन गर्ने गरेको स्वीकार गरेपछि उनलाई हिरासतमा लिइएको बताइएको छ । एनसीबीले भारतीलाई आज अदालतमा पेश गर्दै छ ।

एनसीबीले भारती र उनका पति हर्षका म्यानेजर र ड्राइभरसँग समेत बयान लिएको छ । मिडिया रिपोर्टका अनुसार उनीहरुले ड्रग्स किन्ने ठाउको समेत पत्ता लागेको बताइएको छ ।

एनसीबीले मुम्बईमा कैयौ ठाउमा छापा मार्ने क्रममा कमेडियन भारतीको घरमा छापा मारेको र घरमा गाजा, एलएसडी, साइकोट्रोपिकसहितअन्य कैयौं ड्रग्स भेटिएको थियो । बयान जारी रहेका भारतीका पति हर्षलाई समेत हिरासतमा लिन सक्ने बताइएको छ ।

बलिवुड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युपछि ड्रग्स एंगलबाट छानबिन गर्दै कैयौ बलिवुड सेलिब्रेटीलाई निशाना बनाएर अनुसन्धान गरिरहेको छ । यस अघि एनसीबीले अभिनेता अर्जुन रामपालको घरमा छापा मार्नुका साथै उनी र उनकी प्रेमिका गैब्रिएला डेमेट्रिएड्ससँग बयान पनि लिइसकेको छ ।

एनसीबीले निशाना बनाएका मुम्बई र गोवामा रहेका सेलिब्रेटी बस्ने होटल र उनीहरुका निजी फार्म हाउसमा गरिएको छापा मारीमा अहिलेसम्म ड्रग्स नभेटिएको बताइएको छ । एनसीबीले ड्रग्स प्रकरणमै यस अघि अभिनेत्री दीपिका पादुकोने, श्रद्धा कपुर, रकुलप्रित सिंह, सारा अली खानसँग बयान लिइसकेको छ ।