बिग बोस सिक्सकी प्रतिस्पर्धी सना खान मौलानासँगको विवाहका कारण चर्चामा

बिग बोस सिक्सकी प्रतिस्पर्धी सना खान मौलानासँगको विवाहका कारण चर्चामा

बलिउड र अभिनयको दुनियाँलाई अलविदा भनिसकेकी बिग बोस सिक्सकी प्रतिस्पर्धी सना खान आजकाल आफ्नो विवाहका कारण चर्चामा आइरहेकी छिन् । केही महिनाअघि सना खानले आफ्नो मनोरञ्जन जगतलाई छोड्ने निर्णयबारे सबैलाई जानकारी दिएकी थिइन् । अब उनले अचानक विवाह गरेकी छिन् । उनी आफैंले विवाहको जानकारी त दिएकी छैनन् तर यो विवाहको एउटा भिडियो भने सार्वजनिक भएको छ । सना आफ्नो कामका लागि कम र विवादका कारण बढी चर्चामा हुन्छिन् ।

बोल्डनेसः
सना खानले सन् २००५ मा ‘ये है हाई सोसाइटी’ बाट बलिउठमा कदम राखेकी थिइन् । यो एउटा लो बजेट अडल्ट फिल्म थियो । त्यसपछि उनी टिभी कमर्सियल र थुप्रै विज्ञापनमा पनि देखिइन् । बलिउड छोड्ने बेलासम्म सनाको बोल्ड अवतार चर्चामा रहन्थ्यो । 

बलिउडलाई भनिन् बाइबाइः
सना खानले  सोसल मिडियामा अचानक आफूले मनोरञ्जन जगतलाई अलविदा भनेको घोषणा गरिन् । उनले सोसल मिडियाबाट आफ्ना पुराना तस्बिर पनि डिलिट गरिन् । जतिपनि तस्बिर उनको सोसल मिडियामा पोस्ट भएका छन्, ती सबैमा उनले हिजाब लगाएकी छिन् ।

मौलवीसँग विवाहः
अब सना खान आफ्नो विवाहका कारण चर्चामा छिन् । उनले गुजरातमा मौलाना मुफ्ती अनससँग विवाह गरेको व्यापक चर्चा छ जसको एउटा भिडियो असाध्यै चर्चामा आएको छ ।