बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाईते

बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु, एक जना घाईते

कञ्चनपुर। कञ्चनपुर बेलौरीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । 

जिल्लाको बेलौरी नगरपालिका वडा नम्बर ६ स्थित हात्तीबोझामा आइतबार बेलुकी पचुईबाट बेलौरीतर्फ आउँदै गरेको अनटेष्ट मोटरसाइकल दुर्घटना हुँदा २० वर्षीय चालक हेमन्त चन्दको मृत्यु भएको छ ।

चन्दसंगै मोटरसाइकलमा सवार हात्तीबोझाकै उमेश विष्ट घाईते भएका छन् । उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक अमर बहादुर थापाले जानकारी दिए । 

उनका अनुसार मृतक चन्दको टाउकोमा गम्भीर चोट लागेको थियो । उनलाई उपचारका लागि धनगढीको सेती प्रादेशिक अस्पताल ल्याइएकामा राति पौने ९ बजेतिरको समयमा मृत्यु भएको प्रवक्ता थापाले बताए । उनले मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको बताएका छन् ।  चालक बेलौरी नगरपालिका ८ पचुईका हुन् ।