शारीरिक रुपमा अशक्तको उपचारमा ५० प्रतिशत छुट

शारीरिक रुपमा अशक्तको उपचारमा ५० प्रतिशत छुट

दोलखाको उत्तरी क्षेत्र सिङ्गटीस्थित रोल्वालिङ सामुदायिक अस्पतालले शारीरिक रुपमा अशक्त रहेका नागरिकको उपचारमा ५० प्रतिशत छुट दिदैं आएको छ ।

नेपाल सरकारबाट नागरिकलाई दिने सिएमसी, गर्भवती सेवा प्राइभेट अस्पताल रोल्वालिङ सामुदायिक अस्पतालले दिँदै आएको छ । दुर्गम गाउँमा रहेको अस्पतालले थाइराइडको चेकजाँच गरी एक घण्टामै नागरिकलाई रिपोर्ट दिने गरेको अस्पतालका प्रोपाइटर सुब्बा खड्काले जानकारी दिए ।  दुर्गम  भेगका नागरिकले सुविधायुक्त स्वास्थ्य सेवा  पाएका छन ।  

१५ श्ययाको सो अस्पतालले आकस्मिक, बहिरङ्ग, अन्तरङ्ग, निदानात्मक, शल्यक्रिया, सघन उपचार र प्रवद्र्धनात्मक तथा प्रतिरोधात्मक सेवा उपलब्ध गराउनुका साथै, विशेषज्ञ, फार्मेसी र फिजियोथेरापी सेवा तथा वातावरण व्यवस्थापन सेवा प्रदान गर्दै आएको छ ।  

दोलखाको कालीञ्चोक, बिगु र गौरिशङ्कर गाउँपालिकाका  करीब ८० हजार नागरिक यो अस्पतालबाट लाभान्वित हुँदै आएका छन ।