सुदूरका उच्च पहाडी क्षेत्रमा हल्का हिमपात

सुदूरका उच्च पहाडी क्षेत्रमा हल्का हिमपात

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल देशको पश्चिम  क्षेत्रका हिमाली भेगमा पश्चिमी वायुको प्रभाव देखिएको उल्लेख गरेको छ । सोमबार जारी मौसम बुलेटिनमा हाल सुदूरपश्चिम र कर्णाली प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागहरुमा आंशिक देखि सामान्य बदली र अन्य प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहेको जनाइएको छ।  
 
सोमबार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम र कर्णाली प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

राती सुदूर पश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ।

महाशाखाका अनुसार मंगलबार सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रही बाँकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहनेछ । देशका अन्य भू-भागमा मौसम सामान्यता सफा रहनेछ। सुदूर पश्चिम, कर्णाली र गण्डकीको हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

बुधबार वागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको पहाडी भू-भागमा सामान्य बदली रही देशका अन्य भू-भागमा आंशिक रहनेछ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाई छ।