धनगढी । धनगढीको प्रयोगशालामा गरिएको परिक्षणमा सोमबार थप ३७ जनामा कोरोना पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा पछिल्लो २४ घण्टामा परिक्षण भएका थप ३७६ नमुनाहरुमध्ये ३७ जनामा संक्रमण पुष्टि भएको हो ।
अस्पतालका सुचना अधिकारी दिलिप कुमार श्रेष्ठले कैलालीका ३४ सहित सुदूरपश्चिमका थप ३७ जनामा कोरोना दिएको जानकारी दिए । उनले कैलालीको धनगढी उपमहानगरपालिकाका २५ जना, भजनी नगरपालिकाका चारजना, गोदावरी नगरपालिकाका दुईजना, जानकी गाउँपालिकाका दुईजना र बर्दगोरिया गाउँपालिकाका एक जनामा संक्रमण पुष्टि भएको बताए ।
यस्तै कञ्चनपुरको कृष्णपुर नगरपालिकाका एकजना, पुनर्वास नगरपालिकाका एकजना र डडेल्धुराका एकजनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।