दक्षिण भारतकी यी नायिकालाई गुगलद्वारा ‘२०२० की नेशनल क्रस’ घोषित

दक्षिण भारतकी यी नायिकालाई गुगलद्वारा ‘२०२० की नेशनल क्रस’ घोषित

कन्नड सिनेमाकी सुन्दर तथा लोकप्रिय नायिका रश्मिका मन्दानाका प्रशंसक त्यतिबेला चकित परे जब सर्च इन्जिन गुगलले नायिकालाई ‘नेशनल क्रस अफ इन्डिया २०२० फिमेल’ घोषणा गरिदियो । 

त्यसपछि ट्वीटरमा पनि रश्मिका नेशनल क्रश ह्याशट्यागसहित ट्रेन्ड हुन थालिन् । यसको स्क्रिनसट उनले आफ्नो ट्वीटर अकाउन्टबाट पनि सेयर गरेकी छिन् । उनले यससँगै लेखिन्, ‘मेरा मानिसहरु साँच्चै नै लेजेन्डरी हुनुहुन्छ । उनीहरु यति प्रिय छन्।।। होइन र  रु मेरो मुटु उनीहरु सबैको साथमा छ । ’

२४ वर्षकी रश्मिका दक्षिण भारतबाहेक उत्तर भारतमा पनि निकै लोकप्रिय छिन् । रश्मिकाले कन्नड, तमिल र तेलुगु फिल्ममा पनि काम गरेकी छिन् ।