नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो

नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघ्यो

नेपालमा  कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख नाघेको छ। पछिल्लो २४ घण्टामा थप ३ हजार ४३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएकासँगै २ लाख २ हजार ६७ जना संक्रमित संक्रमणमुक्त भएको  स्वास्थ्य तथा जनसंख्या मन्त्रालले जनाएको छ। 

आज १० हजार ३ सय ८१ जना शंकास्पद व्यक्तीको  पिसिआर परीक्षण भएको छ। यो सँगै नेपालमा १६ लाख ७० हजार ४ सय ५६ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।   

मन्त्रालयका अनुसार ६२९ जना क्वारेन्टाइनमा छन्।  नेपालमा १८ हजार ८ सय ८४ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ। 

पछिल्लो २४ घण्टामा देशभर १ हजार ९ सय ८० जना कोरोना संक्रमित थपिएका छन्। यो सहित कुल संक्रमितको संख्या २ लाख २२ हजार २८८ पुगेको छ। 

आज देशभर १६ जना संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भइसकेको छ।