अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरुद्धको खोप ७० प्रतिशत सुरक्षितु

अक्सफोर्ड विश्वविद्यालयले बनाएको कोरोनाविरुद्धको खोप ७० प्रतिशत सुरक्षितु

बेलायतको अक्फोर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस विरुद्धको खोप ७० प्रतिशत सुरक्षित प्रभावकारी देखिएको छ । खोपको ठूलो परीक्षणको क्रममा ७० प्रतिशत मानिसमा कोभिड–१९ को लक्षण बन्न नदिने बीबीसीमा उल्लेख छ । 

यसलाई ठूलो उपलब्धिको रुपमा हेरिएको छ, यद्यपि यसअघि फाइजर र मोडेर्ना कम्पनीले बनाएका दुई छुट्टाछुट्टै खोप ९५ प्रतिशतसम्म प्रभावकारी देखिसकिएको छ । तर अक्सफोर्डले विकसित गरेको खोप ती दुई कम्पनीको खोप भन्दा धेरै सस्तो हुने, भण्डारणमा सहज र विश्वभर जहाँ पनि सजिलै लान सकिने देखिएको छ । 

नियामक संस्थाबाट यो खोपले प्रयोग गर्न अनुमति पाएमा विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारी नियन्त्रणमा महत्त्वपूर्ण भूमिका खेल्नेछ । 

बेलायत सरकारले अक्सफोर्ड कम्पनीले बनाएको खोपको १० करोड खेप ९मात्रा० लिने बताइसकेको छ । यति परिमाणको खोप पाँच करोड मानिसका लागि पर्याप्त हुन्छ । 

बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले भनेका छन्, ‘अक्सफोर्डको खोपले परीक्षणमा सकारात्मक नतिजा देखाउनु निकै उत्साहजनक समाचार हो ।’

समान्यतया खोप विकास गर्न एक दशक लामो प्रक्रिया लाग्छ तर अक्सफोर्डका वैज्ञानिकहरुले १० महिनामा त्यो प्रक्रिया सम्पन्न गरेका थिए । 

‘यो घोषणाले हामीलाई खोपको प्रयोग गरेर कोरोना भाइरसले निम्त्याएको परिस्थिति अन्त्य गर्न अर्को पाइला अघि धकेलिदिएको छ’, खोप निर्माणकी योजनाकार प्रा। सारा गिल्बर्टले भनेकी छिन् । 

यो खोप परीक्षणमा २० हजार स्वयंसेवक सहभागी भएकोमा आधाभन्दा बढी बेलायतमा र बाँकी ब्राजिलमा थिए ।