प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री भट्टको दाबी

प्रदेश सरकारले कृषिलाई प्राथमिकतामा राखेको मुख्यमन्त्री भट्टको दाबी

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेर सरकारले कृषि पेशालाई मुख्य पेशाको रुपमा प्राथमिकतामा राखेको बताउनुभएको छ ।

मुख्यमन्त्री भट्टले आज धनगढीमा राष्ट्रिय कृषक समुह महासंघको प्रदेश अधिबेशन उद्घाटन गर्दै प्रदेश सरकारले कृषिलाई पहिलो प्राथमिकतामा राखेको बताउनुभएको हो ।

उहाँले कृषियोग्य भूमिको संरक्षण गर्नका लागि प्रदेश सरकारले आवश्यक नीति तर्जुमाको काम गरिरहेको बताउनुभयो । सुदूरपश्चिम प्रदेशमा कृषियोग्य भूमी धेरै रहेकोले अब भूमि संरक्षण गर्दै कृषिलाई आधुनिकिकरण गर्ने तर्फ आफ्नो प्रयास हुने मुख्यमन्त्रीको भनाई छ ।

उहाँले बिगतको मानसिकताका कारण अहिले पनि काम गर्न ढिलाई भइरहेकोले ढिलो भए पनि कृषिमा केही नमुना काम गर्न आफु तयार रहेको बताउनुभयो ।

परम्परागत रुपमा गरिने खेतीको तरिकाबाट माथि उठ्न नसकेसम्म उत्पादन बृद्धि गर्न नसकिने मुख्यमन्त्री भट्टले बताउनुभयो ।कार्यक्रममा प्रस्तावित प्रदेश कृषि विकास ऐनबारे पनि छलफल भएको थियो ।