डडेल्धुराका कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा

डडेल्धुराका कर नतिर्ने व्यवसायीलाई व्याज मिनाहा

डडेल्धुरा: आन्तरिक राजस्व कार्यालय डडेल्धुराले कर नतिर्ने व्यवसायीलाई ब्याज मिनाह गर्ने भएको छ ।

लामो समयदेखि कर विवरण नबुझाएका व्यवसायीलाई जरिवाना, थप दस्तुर र ब्याज नपर्ने कार्यालयले जनाएको छ ।

कार्यालयले सूचना जारी गर्दै विक्रम संवत् २०७५ असार मसान्तसम्म भ्याट विवरण पेश नगर्ने करदातालाई यस वर्षको फागुनसम्मको समय तोकेको छ । विक्रम संवत् २०७७ फागुन मसान्तभित्र कर विवरण बुझाएमा तिर्नुपर्ने जरिवाना, थप दस्तुर र ५ प्रतिशत ब्याज समेत नतिर्नुपर्ने सूचनामा उल्लेख छ ।

आगामी फागुन मसान्तसम्म मात्र योजना रहेको र यसको लाभ उठाउन व्यवसायीलाई आह्वान गरिएको छ । कार्यालयले कर नबुझाउने ७४ जना व्यवसायीको सूची सार्वजनिक गरेको छ । सूचीमा अमरगढी नगरपालिका प्रमुख लगायत विभिन्न व्यक्ति रहेका जनाइएको छ ।