लैङिगक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत १ दिने कार्यशाला गोष्ठि सम्पन्न

लैङिगक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत १ दिने कार्यशाला गोष्ठि सम्पन्न

नेपाल रेडक्रस सोसाइटी कैलाली जिल्ला शाखा अन्तर्गतको महिला बिकास समिति को आयोजनामा लैङिगक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत १ दिने लैङिगक समाबेशिकरण सम्बन्धि कार्यशाला गोष्ठी नेपाल रेडक्रस सोसाइटी १ नम्बर उपशाखा को बैठक कक्षमा प्रतिनिधि सभाका माननीय श्री लक्ष्मी चौधरी ज्युको प्रमुख आतिथ्य तथा  ने रे सो कैलालीका महिला बिकास समिती संयोजक गिता सोडारी ज्यु को सभापतित्वमा सम्पन्न भयो । 

उक्त कार्यक्रमको सहजिकरण ने रे सो कैलालीका मन्त्री लोकराज जोशी ज्यु ले गर्नुभएको थियो । कार्यक्रममा प्रमुख अतिथी माननीय ज्युले महिला हिंसा आ आफ्नो घरबाट हटाउन शुरु गर्नुपर्ने बताउनु भयो साथै रेडक्रस ले समुदायमा गरेका मानबिय कार्यको प्रसंशा गर्नुभयो । 

कार्यक्रमको सन्चालान ने रे सो कैलालीका कार्यक्रम संयोजक कालीदास जोशीले गर्नु भएको थियो । रेडक्रसका विभिन्न उपशाखा बाट २० जना महिलाको उपस्थिति रहेको थियो ।