नेपालमा कोरोना भाइरसबाट ९१ प्रतिशत संक्रमणमुक्त

नेपालमा कोरोना भाइरसबाट ९१ प्रतिशत संक्रमणमुक्त

सार्क राष्ट्रमध्ये कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको छ।

भुटान, भारत र माल्दिभ्सपछि नेपालमा संक्रमित संक्रमणमुक्त हुनेको संख्या उल्लेखनीय रहेको खबर आजको राजधानी दैनिकमा प्रशान्त वलीले लेखेका छन्।

हालसम्म नेपालमा कुल संक्रमितमध्ये ९० दशमलव ९० प्रतिशत संक्रमणमुक्त भएका छन् । देशभर २ लाख २२ हजार २ सय ८८ संक्रमितमध्ये २ लाख २ हजार ६७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म १ हजार ३ सय ३७ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या १८ हजार ८ सय ८४ रहेको छ।

भुटानमा ९४.२४ प्रतिशत, भारतमा ९३.६७ प्रतिशत, माल्दिभ्समा ९१.९९ प्रतिशत, नेपालमा ९०.९० प्रतिशत, पाकिस्तानमा ८७.७८ प्रतिशत, बंगलादेशमा ८१.०१ प्रतिशत, अफगानिस्तानमा ७९.९६ प्रतिशत र श्रीलंकामा ७१.८७ प्रतिशत कोरोना संक्रमण मुक्त भएका छन्।