भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ३२९ जना नयाँ संक्रमित थपिए

भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ३२९ जना नयाँ संक्रमित थपिए

काठमाडौं। पछिल्लो २४ घण्टाम विश्वमा चार लाख ९८ हजार २८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। योसँगै विश्वमा कोरोना संक्रमितको कूल संख्या ५ करोड ९४ लाख ९६ हजार २९० पुगेको छ। 

वर्ल्डोमिटर्सको तथ्यांकअनुसार सोमबार सबैभन्दा बढी कोरोना संक्रमित अमेरिकामा थपिएका छन्। अमेरिकामा सोमबार एक लाख ६६ हजार ४८९ जना नयाँ संक्रमित थपिएका छन्। 

भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ३२९ जना नयाँ संक्रमित थपिका छन्। सोही अवधिमा रूसमा थपिएका नयाँ संक्रमितको संख्या २५ हजार १७३ रहेको छ।
 
इटालीमा सोमबार २२ हजार ९३० जना नयाँ संक्रमित थपिएका तथ्यांकले देखाएको छ। ब्राजिलमा १६ हजार ६०३ जना नयाँ संक्रमित सोमबार थपिएका छन्।
 
बितेको २४ घण्टामा जर्मनीमा १४ हजार ५३७ नयाँ संक्रमित थपिएका छन् भने पोल्याण्डमा १५ हजार दुई जना। इरानमा सोमबार १२ हजार ४६० जना संक्रमित थपिएका छन्।
 
यस्तै, युक्रेनमा १० हजार ९४५, फ्रान्समा चार हजर ४५२, स्पेनमा आठ हजार ५९९, अर्जेन्टिनामा चार हजार २६५, कोलम्बियामा ६ हजार ५६२ जना नयाँ संक्रमित सोमबार थपिएका छन्।